झापा , बैशाख ११ । झापाको दमकमा सत्तारुढ गठबन्धन र राप्रपाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।

लामो छलफलपछि गठबन्धनमा रहेका जिल्लाका दलहरु र राप्रपाबीच आन्तरिक सहमति भएको हो ।

यसअघि प्रदेश स्तरीय बैठकमा पनि त्यस्तो सहमति बनेको थियो । दलहरुबीच भएको छलफलमा राप्रपालाई मेयरसहित २ वटा वडा , माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा वडा तथा जसपा , नेकपा एसलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । राप्रपाको राम्रो पकड रहेको दमकमा ६ दलीय गठबन्धन बनेपछि एमालेलाई गाह्रो पर्ने देखिएको छ । एमालेले दमकमा मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्