बिर्तामोड , बैशाख ११ । बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसको १ नं. प्रदेश समितिले बिर्तामोड नगर सभापति तथा बिर्तामोड ३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यद्धपि सो निर्णय सार्वजनिक गरिएको छैन ।

गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो । गठबन्धन दलबीच बिर्तामोड नगरपालिकाको मेयर कांग्रेसलाई ,उपमेयर माओवादीलाई दिने सहमति बनेको हो । त्यस्तै बिर्तामोड वडा नं ७ र ९ को वडाध्यक्ष र एउटा सदस्य माओवादीलाई दिने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्