झापा, बैशाख ११ । वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सप्तरीको सुरुङ्गा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरी चुनाव लड्ने सहमति भएको छ ।

तालमेल हुँदा जनता समाजवादी पार्टीले नगर प्रमुख पदमा साविर खानलाई र नेकपा ( माओवादी केन्द्र ) को तर्फबाट उपप्रमुख पदमा शिवकुमार रामदेवलाई उम्मेदवारी दिने निणर्य भएको छ । सहमतिपत्रमा सुरुङ्गा नगरपालिकाका माओवादी अध्यक्ष यमबहादुर खपांगीमगर र जसपा अध्यक्ष दिनेशकुमार यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्