झापा, बैशाख ११ । अन्य दलसंग गठबन्धन गरेकोमा असन्तुष्टि जनाउँदै नेपाल कांग्रेस झापाका पूर्व जिल्ला सचिवसहित करिव दुई दर्जनले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ गठबन्धनको तालमेलप्रति असन्तुष्टि जनाउँदै करिब ५ दशकदेखि पार्टीमा सक्रिय रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् झापा कांग्रेसका पूर्व सचिव दयानन्द गोश्वामीसहितले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरुले आइतबार साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खासगरी बाह्रदशीको वडा नं ४ माओवादीको भागमा पारेपछि उनीहरुले असन्तुष्टि जनाएका हुन् । गठबन्धनको सहमतिअनुसार बाह्रदशी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष खड्ग राजवंशी र उपाध्यक्षमा माओवादीबाट लक्ष्मी तिवारीलाई उम्मेदवार बनाउने सहमति भएको थियो । अध्यक्षमा राजवंशीले टिकट पाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्