कुमरखोद, वैशाख ११ । झापा गाउँपालिकामा एमाले र माओवादी केन्द्रले आ–आफ्नो उम्मेदवारहरुको टुंगो लगाएका छन् ।तर, काँग्रेसले अहिलेसम्म उपाध्यक्ष र ३ नं वडा अध्यक्षको टुंगो लगाउन सकेको छैन ।

उम्मेदवार मनोनयन दर्ता गर्ने समय एकदिन मात्र बाँकी छ ।
झापा गाउँपालिकामा एमाले पार्टीबाट सिफारिसमा परेका उम्मेदवारहरु अध्यक्षमा गौंरीशंकर राजवंशी , उपाध्यक्षमा देवीमाया कोईराला रहेका छन् । वडा अध्यक्षमा १ न. वडाबाट माधव पोख्ररेल , २ नं वडाबाट नेत्रबहादुर खड्का , ३ न वडाबाट खड्ग राजवंशी , ४ नं वडाबाट राजुजंग भारती , ५ नं. वडाबाट रामजी दुलाल , ६ नं वडाबाट हेमबहादुर कार्की, ७ नं वडाबाट सारद तिम्सिना रहेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट सिफारिसमा परेका उम्मेदवारहरु अध्यक्षमा रुद्र बजगाई , उपाध्यक्षमा मुनावत्ती गणेश रहेका छन् ।

यसैगरी काँग्रेस पार्टीबाट सिफारिसमा परेका उम्मेदवारमा अध्यक्षमा जयनारायण शाह रहेका छन् भने उपाध्यक्ष र ३ नं.वडा अध्यक्षको अहिलेसम्म टुंगो नलागिसकेको पार्टी स्रोतले जनाएको छ । वडा अध्यक्षको सिफारिसमा परेका १ नं वडाबाट राजकुमार यादव , २ नं वडाबाट हिमाल चम्लागाई , ४ नं वडाबाट ताहिर मुल्वी , ५ नं वडाबाट सेल्ठु गणेश , ६ नं वडाबाट नविनकिशोर थापा र ७ नं वडाबाट सकिचन ठाकुर रहेका छन् ।

त्यसैगरी नेकपा समाजवादी र जसपा पार्टीबीच गठवन्धन भएको छ । जसपाबाट अध्यक्षमा मोहितलाल कामती र समाजवादीबाट उपाध्यक्षमा ईश्वरी दाहाल रहेका छन् भने वडा अध्यक्षका उम्मेदवारहरु आज रातिसम्म टुंगो लागिसक्ने जसपा नेता कामतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्