भद्रपुर, बैशाख ११ । भद्रपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पहिलो दिन ३ वटा दलले प्रमुख उपप्रमुखसहित उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता तालिका अनुसार नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुखसहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख असारू राजवंशी, उपप्रमुखमा कौशिला अधिकारीसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ ।

दशवटा वडा रहेको भद्रपुरमा वडा नम्वर १ को अध्यक्ष यामप्रसाद अधिकारी, २ को अध्यक्षमा भिमबहादुर सुब्बा, ३ को अध्यक्षमा कमला थुलुङ, ४ को वडाध्यक्षमा पूर्णबहादुर लिम्बू, ५ को अध्यक्षमा रेवतीरमण खनाल, ६ को वडाध्यक्षमा सहनलाल राजवंशी, ७ को वडाध्यक्षमा पोषराज पौडेल, ८ को वडाध्यक्षमा जगदिश जोशी, ९ को वडाध्यक्षमा रामप्रसाद दाहाल र १० को वडाध्यक्षमा टेकबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीले भद्रपुर नगर प्रमुखका लागि इन्द्रकुमार सुहाङ र उपप्रमुखका लागि यामकुमारी लिम्बूसहित ५ वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।
वडा नम्वर १ को वडाध्यक्षमा गोपाल तामाङ, २ को वडाध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडाध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडाध्यक्षमा सुवास लिम्बू र ७ को वडाध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी मौलिक जरोकिलो पार्टीले नगर प्रमुखमा चुडामणि अधिकारी र उपप्रमुखमा कृष्णदेवी चुडाललाई उम्मेदारी दर्ता गर्न लगाएको छ भने भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा भद्रपुर १ बाट कपिलमणी खरेल र भद्रपुर ६ का लागि राजेश गुप्ताले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्