झापा , बैशाख १२ । सुनसरीको धरान महानगरपालिका-१९ साम्पाङ चौकबाट फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७८/०९/२३ गतेको फैसलाले २ बर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैया जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञबहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्