कुमरखोद, बैशाख १२ ।स्थानीय तह निर्वाचनको लागि झापा गाउँपालिकामा विभिन्न पार्टीहरुले आ–आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् ।

झापा गाउँपालिकामा नेकपा एमालेले ३७ पदमै उम्मेदवारी दिएको छ । गाउँपालिका अध्यक्षमा गौंरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोईराला रहेका छन् भने वडा अध्यक्षमा १ नं. वडावाट माधव पोख्ररेल , २ बाट नेत्रबहादुर खड्का , ३ बाट खड्ग राजवंशी , ४ बाट राजुजंग भारती , ५ बाट रामजी दुलाल , ६ बाट हेमबहादुर.कार्की, ७ बाट सारद तिम्सिना रहेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा रुद्र बजगाई र उपाध्यक्षमा मुनावती गणेश रहेका छन् । वडा अध्यक्षहरुमा १ बाट जालिम मियाँ , २ बाट तेजनारायण राजवंशी ३ बाट खड्गप्रसाद बस्नेत , ४ बाट मण्डल मर्डी , ५ बाट सावेद अली , ६ बाट राजमणी रसाईली र ७ बाट लोकबहादुर बस्नेत रहेका छन् ।

यसैगरी काँग्रेसले पनि ३७ वटा पदमै उम्मेदवारी दिएको छ । गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्ष अन्जु थपलिया रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट राजकुमार यादव , २ बाट हिमाल चम्लागाई , ३ बाट भागिरथप्रसाद गणेश , ४ बाट महमद ताहिर , ५ बाट सेल्ठु गणेश , ६ बाट नविनकिशोर थापा र ७ बाट सकिचन ठाकुर रहेका छन् ।
त्यसैगरी राप्रपाबाट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर कार्की र उपाध्यक्षमा तारामाया राई रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट रामबहादुर कार्की , २ बाट गोपाल राउत , ३ बाट यामबहादुर कार्की , ४ बाट रविन्द्र खत्री , ५ बाट रहमद तुलाह मियाँ , ६ बाट हस्तबहादुर वोहरा र ७ बाट यज्ञप्रसाद उप्रेती रहेका छन् ।

यसैगरी नेकपा समाजवादी र जसपा पार्टीवीच गठवन्धन भएको छ । जसपावाट गाउँपालिकाको अध्यक्षमा मोहितलाल कामती र समाजवादीबाट उपाध्यक्षमा ईश्वरीप्रसाद दाहाल रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारहरुमा १ बाट पवनलाल कोच, ३ बाट साम महमद, ४ बाट उमाप्रसाद गणेश , ५ बाट विष्णु महतो , ६बाट हेमबहादुर प्रधान र ७ बाट जीवनाथ लम्साल रहेका छन् । यसैगरी लोसपा पार्टीले ५ नं वडा अध्यक्षको उम्मेदवारमा भद्रुलाल राजवंशीलाई उठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्