दोहा, बैशाख १२ । नेपाल पत्रकार महासंघ कतार शाखाले आइतबार नेपाली राजदूतसंग भेटघाट गरेको छ ।

शाखाका अध्यक्ष करिम वक्स मियाको टोलीले नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, द्वितीय सचिव प्रविण भट्टराई र सहचारी सन्दिप सापकोटासंग भेटघाट गरेको हो ।
शाखाले भेटघाटमार्फत कार्यसमितिका पदाधिकारीहरुको विवरण साथै ज्ञापनपत्र नेपाली दूतावासका कार्यबाहक राजदूत खनाललाई बुझाएको थियो ।

भेटघाटमा कार्यबाहक राजदुत खनालले पत्रकार महासंघले कतारमा रहेका पत्रकारहरुलाई एकीकृत गरेर सूचना सम्प्रेषणमार्फत भूमिका खेल्दै नेपाली समुदायलाई सचेत गराउने कार्य गरेकोमा प्रशंसा गरे । उनले कतारको नियम कानूनको परिधिमा रहेर कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा महासंघका सचिव ढाकाराम पौडेल(अर्जुन)ले ज्ञापनपत्र पढेर सुनाएका थिए भने अध्यक्ष मियाँले ज्ञापनपत्रमाथि प्रकाश पार्दै नेपाली नियोगको साथ , सहयोग र सहकार्यको लागि आग्रह गरेका थिए

कार्यक्रममा महासंघ कतार शाखा सल्लाहकार क्रान्ति सिंह, रामप्रसाद पराजुली, अनुशासन विभाग संयोजक दीपजंग शाह, कार्यसमिति उपाध्यक्ष दिलकुमार श्रेष्ठ, , सहसचिव दिलिप पराजुली, कार्यसमिति सदस्य खेम सुवेदीलगायतले आम श्रमिकको समस्याबारे जानकारी गराउँदै सहजीकरणको लागि दूतावासलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्