झापा, बैशाख १३ । झापाको मेचीनगरमा अबैध सखुवा जातको काठसहित लोड गरी राखिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब २ बजे विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका वडा नं.२ , आमडाँगी-८ बस्ने प्रदिप गिरीले संचालन गरेको “ MP फर्निचर उद्योगमा ” मे १ त २६६७ नम्बरको ट्रयाक्टरमा लोड गरी राखेको र साथै अनलोड गरी राखेको सखुवा जातको गोलिया जम्मा १९४ क्यु फिट फेला पारी उक्त काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्