झापा, बैशाख १३ । झापामा नेकपा (एकीकृत समाजवादी) ले एकल रुपमा ६ पालिका प्रमुख , ९ उपप्रमुख, ३९ जना वडाध्यक्ष र १ सय ९ जना सदस्यमा उम्मेदवारी दर्ता गराएको छ ।

जिल्ला कमिटी झापा अध्यक्ष बेदराज अध्यक्ष रेग्मीका अनुसार बुद्धशान्ति गाउँपालिका प्रमुखमा दुर्गा आचार्य, अर्जुनधारा प्रमुखमा रमा खवास, शिवसताक्षी प्रमुखमा कोपिला न्यौपाने, गौरादह प्रमुखमा खगेन्द्र दाहाल, कचनकवल प्रमुखमा खेमचरण यादव, गौरीगञ्जमा प्रमुखमा भूपनारायण राजवंशीले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी मेचीनगरको उपप्रमुखमा शारदा शर्मा, बुद्धशान्तिको उपप्रमुखमा प्रेमसागर सापकोटा, बिर्तामोडको उपप्रमुखमा तीर्थ सिग्देल, कन्काईको उपप्रमुखमा अम्बिका उप्रेती, शिवसताक्षीको उपप्रमुखमा नविन इजम, दमकको उपप्रमुखमा महेश घिमिरे, गौरादहको उपप्रमुखमा लक्ष्मीदेवी चौधरी, झापा गाउँपालिकाको उपाध्यक्षमा इश्वर दाहालले मनोनयन दर्ता गराएकोे रेग्मीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) झापाका अनुसार मेचीनगरमा ५ वडाध्यक्ष (३, ७, ८, १० , १५) र १६ जना वडा सदस्य, बुद्धशान्ति गाउँपालिकामा ४ वडाध्यक्ष (५,१,३, ६) र ७ जना वडा सदस्य, अर्जुनधारामा ८ वडाध्यक्ष (१, ४, ९, ६,७, ९, १० , ११) र २५ जना वडा सदस्य, बिर्तामोडमा ५ वडाध्यक्ष (४, ८, १, ३ , १०) र १४ जना वडा सदस्य, भद्रपुरमा एकजना वडाध्यक्ष (९) र ५ जना वडा सदस्य, कन्काईमा २ जना वडा सदस्य, शिवसताक्षी ४ जना वडाध्यक्ष ( ४,६,७, ११) र २१ जना वडा सदस्य, दमकमा ३ वडाध्यक्ष ( २,५,१०) र ४ जना वडा सदस्य, गौरादहमा ३ जना वडाध्यक्ष ( २,५,१०) र ४ जना वडा सदस्य, कमलमा एकजना वडाध्यक्ष ( २,५,१०) र ३ जना वडा सदस्य, गौरीगञ्जमा २ वडाध्यक्ष ( २,३) र २ जना वडा सदस्य र झापा गाउँपालिकामा एकजना वडाध्यक्ष ( ७) र १ जना वडा सदस्यले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्