बिर्तामोड, बैशाख १४ । बिर्तामोड ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकुमार खड्काले आफूले निर्वाचन जिते वडा कार्यालय भवनको लागि निशुल्क जग्गा दिने घोषणा गरेका छन् ।

पाँच वर्षदेखि ४ नं वडा कार्यालय ओली भवनमा भाडामा बस्दै आएको छ । पाँच वर्षसम्म वडा र नगरका जनप्रतिनिधिहरुले वडा कार्यालय भवनको शिलान्यास समेत गर्न नसक्नु लाजमर्दो भएको उनले बताए ।

वडाबासीसंग घरदैलोका क्रममा वडा नं ४ को आनन्दगजमा रहेको आफ्नो जग्गा वडा कार्यालयलाई दिने उनले बताएका हुन् । बिर्तामोड वडा नं ४ को वडाध्यक्षको आकांक्षी रहेका खड्कालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्