झापा,बैशाख १५ । झापा कचनकवलका एकजना उम्मेदवार निर्विरोध भएका छन् ।

कांग्रेसका तर्फबाट कचनकवल वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी दिएकी बिजली दास निर्विरोध भएकी हुन् । त्यस पदमा उनले मात्र उम्मेदवारी दिएकी थिइन् ।

शुक्रबार उम्मेदवारी फिर्ताको समय रहेकाले शुक्रबारै निर्विरोध हुनेको नाम सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्