झापा , बैशाख १६ । झपाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल , डाईजापाम २७ एम्पुल , फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागूऔषधसहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्