झापा , बैशाख १६ । तेह्रथुमको लालिगुरास नगरपालिका-४ बसन्तपुरबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउँसो बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।