झापा , बैशाख १६ । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो बिराटनगर-१५ मा चेक जाँचको क्रममा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउँदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिषकुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल , एभिल ७ एम्पुल , डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल बरामद गरेको हो यसैगरि सुनसरीको बराहक्षेत्र-४ मा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल , डाइजेपाम ४० एम्पुल , फेनारगन ४० एम्पुल , एभिल ४० एम्पुल , ट्रामोल ९९ फायल बरामद गरेको हो । निषेधित लागूऔषधसहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।




