झापा, बैशाख १७ । झापाका १३९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय रहेको थियो ।शुक्रबार साँझ ५ बजेसम्म त्यति उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा अध्यक्ष वा प्रमुख , उपाध्यक्ष वा उपप्रमुख , वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु रहेका छन् । वागी उम्मेदवारी दिनेहरुले ठूलो संख्यामा उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । त्यसबाहेक सिंगल उम्मेदवारी दिने एकीकृत समाजवादीका धेरै उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । झापामा २ हजार ९ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्तापछि अब उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्