झापा , बैशाख १७ । खोप कुनै पनि रोगबाट बच्ने सबैभन्दा सुक्षित उपाय हो ।

खोपले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रोग लागिहाले गम्भीर अवस्थामा पुग्नबाट बचाउँछ । समयतालिका अनुसार नियमित खोप लगाएका ९० प्रतिशत बालबालिका अस्पताल भर्ना हुनबाट जोगिने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । प्रिप्रिन्टका अनुसार अमेरिकामा कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु आईसीयूमा भर्ना हुने दर नलगाएकाभन्दा ६३.५ प्रतिशतले कम भएको थियो । जीवनरक्षाका लागि महत्वपूणर् औजार साबित भएको खोप विश्वव्यापी पहुँचमा पुर्याउन ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)ले विश्वका ७७ देशमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।
के छ त विश्वमा खोपको इतिहास ? यस्ता छन् खोपबारे केही रोचक तथ्य :
१.बेलायती शल्यचिकित्सक एडवार्ड जेन्नरलाई विश्व स्वास्थ्यको इतिहासमा खोपका पिता भनेर चिनिन्छ, जसले पहिलोपटक मानिसमा खोपको प्रयोग गरेका थिए ।
२.जेम्स फिप्स विश्वमा पहिलोपटक आधुनिक खोप प्राप्त गर्ने व्यक्ति हुन् । सन् १७९६ ताका मात्र ८ वर्षको उमेरमा उनले बिफरविरुद्धको खोप लगाएका थिए । उनलाई एडवार्ड जेन्नरले नै पहिलो खोप दिएका थिए ।
३..विगत ७५ बर्षदेखि विश्वमा सबैभन्दा ठूलो खोप खरिदकर्ता युनिसेफ हो । विश्वका ४५ प्रतिशत बालबालिकामा युनिसेफले खोप पुर्याउने जिम्मेवारी लिएको छ ।
४.पोलियोविरुद्धको खोप भाइरोलोजिस्ट जोनास साल्टले तयार पारेका हुन् । नोबेल पुरस्कार विजेता म्याक्स थिलर र उनको टिमले जण्डिसविरुद्धको खोप निर्माणका लागि आफू र आफ्नो टिमको रगत निरन्तर लामखुट्टेलाई चुसाएका थिए ।
५.गतवर्ष पाकिस्तानका ९ करोड बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप ऊँटहरूमार्फत् ढुवानी गरिएको थियो ।
६. प्रत्येक वर्ष खोप अभियानका कारण ३० लाख बालबालिकाको जीवन जोगिन्छ । तर, आज पनि कैयन् बालबालिका खोपको पहुँचभन्दा बाहिर छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्