झापा , बैशाख १७ । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी-पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच बाढी-पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो । दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नियोग उपप्रमख मगर बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे । २०७२ को महाभूकम्पमा अफ्रिकाबाट नेपाललाई आएको सहयोगको स्मरण गर्दै उनले अहिलेको सहयोग एक मित्रका लागि अर्को मित्रका तर्फबाट भएको बताए । विभागकी उपप्रमुख मातामेलाले आवश्यक परेका बेला सहयोग गरेकोमा नेपाल र दक्षिण अफ्रिकास्थित नेपाली समुदायलाई आभार व्यक्त गरिन् । नेपालले दिएको सहयोगमा चामल, पिउने पानी, ब्लांकेट, तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु छन्। वैशाख पहिलो साता दक्षिण अफ्रिकाको क्वाजुलु-नातान प्रान्तलगायत ठाउँमा आएको बाढीको बाढी पहिरोमा परी ४३५ जनाले ज्यान गुमाएका थिए भने लाखौं मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्