मातातीर्थ औंसीको अवसर पारेर वडाध्यक्षका उम्मेदवार खड्काले बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरका बृद्धबृद्धाहरुलाई विभिन्न परिकार खुवाएर उनीहरुबाट आशीर्वाद लिएका हुन् ।

बृद्धबृद्धाहरुलाई भेट्न परिवार र आफ्ना समर्थकसहित खड्का बृद्धाश्रम पुगेका थिए । त्यसअवसरमा नेपाली कांग्रेसका नगर सचिव उत्तम खड्का ,वडा सभापति राजकुमार प्रसाईलगायतको उपस्थिति रहेको थियो । खड्काले चुनाव चिन्ह जेब्रा पाएका छन् । उनले शनिबारदेखि घरदैलो कार्यक्रम शुरु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्