भद्रपुर, बैशाख १७ । भद्रपुर नगरपालिकामा स्थानीय सरकारको नेतृत्वका लागि नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र मौलिक जरोकिलो पार्टी प्रमुख, उपप्रमुखसहितका पदमा उम्मेदवारी दर्ता गराई चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेले प्रमुखमा असारू राजवंशी, उपप्रमुखमा कौशिला अधिकारीसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गराएको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहेको तीनदलीय गठबन्धनको तर्फबाट गणेश पोखरेलले नगर प्रमुख तथा शिवकुमार राजभण्डारीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको भागबण्डा अनुसार नेपाली काँग्रेसले नगर प्रमुखसहित ६ वडाध्यक्ष र २१ जना सदस्य, माओवादी केन्द्रले नगर उपप्रमुखसहित ३ वडाध्यक्ष र १९ जना सदस्य र नेकपा एसले एक वडाध्यक्ष सहित ५ जना सदस्य बाँडफाट गरेर उम्मेदवारी दिएका हुन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ‘राजु’ र उपप्रमुखमा राधा कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले ५२ वटै पदमा उम्मेदवारी दर्ता गराएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीले नगर प्रमुखमा यमबहादुर लिम्बू र उपप्रमुखमा मञ्जु वर्मालाई उम्मेदवारी दर्ता गराएको छ भने नगरका १० वटा वडाका लागि वडाध्यक्षसहित ३५ जना चुनावी मैदानमा उतारेको छ ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीले नगर प्रमुखका लागि इन्द्रकुमार सुहाङ र उपप्रमुखका लागि यामकुमारी लिम्बूसहित ५ वडाका सवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।
जनता समाजवादीले नगर प्रमुखमा समरकुमार राई र उपप्रमुखमा नुतन झालाई उम्मेदवार बनाएर ४ वटा वडाध्यक्षसहित १७ जनालाई चुनावी मैदानमा उतारेको छ ।
त्यसैगरी मौलिक जरोकिलो पार्टीले नगर प्रमुखमा चुडामणि अधिकारी र उपप्रमुखमा कृष्णदेवी चुडाललाई उम्मेदारी दर्ता गराएको छ भने भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

स्थानीय सरकारको महत्वपूर्ण अंग मानिएको वडा कार्यालयको नेतृत्व दावी गर्दै १० वटा दल र ३ जना स्वतन्त्र व्यक्ति गरी ५३ जनाले उम्मेदवारी दिएका छन् ।
दशवटा वडाध्यक्षको पद रहेको भद्रपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दलगत रूपमा उम्मेदवारी दर्ता गराइएको हो ।
नेकपा एमालेबाट भद्रपुरका लागि वडा नम्वर १ को वडाध्यक्ष यामप्रसाद अधिकारी, २ को वडाध्यक्षमा भिमबहादुर सुब्बा, ३ को अध्यक्षमा कमला थुलुङ, ४ को वडाध्यक्षमा पूर्णबहादुर लिम्बू, ५ को अध्यक्षमा रेवतीरमण खनाल, ६ को वडाध्यक्षमा सहनलाल राजवंशी, ७ को वडाध्यक्षमा पोषराज पौडेल, ८ को वडाध्यक्षमा जगदिश जोशी, ९ को वडाध्यक्षमा रामप्रसाद दाहाल र १० को वडाध्यक्षमा टेकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनअन्तर्गत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले भद्रपुर १ को वडाध्यक्षमा मेदिनी शिवाकोटी, २ को वडाध्यक्षमा रामबहादुर कँडेल, ३ को वडाध्यक्षमा समशेर तामाङ, ४ को वडाध्यक्षमा हंशधर राजवंशी, ५ को वडाध्यक्षमा बन्धु कार्की, ६ को वडाध्यक्षमा रतियासिंह राजवंशी, ७ को वडाध्यक्षमा पुष्पलाल राजवंशी, ८ को वडाध्यक्षमा गौरव सुब्बा मनोज, ९ को वडाध्यक्षमा जंगबहादुर रसाईली र १० को वडाध्यक्षमा विष्णुप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्रपाले भद्रपुरको एक देखि १० नम्बर वडासम्म क्रमशः दलबहादुर लिम्बू ’शंकर’, रामबहादुर राई, हेमबहादुर कार्की, दिनानाथ(शंकर) रिजाल, देवकुमार घिमिरे, ढकबहादुर विष्ट, अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ’सविन’ र खेमराज भट्टराईलाई वडाध्यक्षको उम्मेदवार बनाएर चुनावी मोर्चामा खटाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले भद्रपुरका १० वटा वडाका लागि क्रमशः भक्तबहादुर लिम्बू, शर्मिला राई, हर्दिप गणेश, लक्ष्मण लिम्बू, गुच्चा राजवंशी, महेशलाल सिंह, बैशाखु राजवंशी, महमद असरफ शेख, राजकुमार राजवंशी र ढाक्रु राजवंशीलाई वडाध्यक्षमा उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ ।

जनता समाजवादी पार्टीबाट वडा नम्वर ५ मा विकासकुमार गुप्ता, ६ मा शत्रुधन चौधरी, ८ मा डुक्पा राई र १० मा निरबहादुर राईलाई वडाध्यक्षमा उतारेको छ ।
मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट वडा नम्वर १ को वडाध्यक्षमा गोपाल तामाङ, २ को वडाध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडाध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडाध्यक्षमा सुवास लिम्बू र ७ को वडाध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा भद्रपुर १ बाट कपिलमणि खरेल र युद्धवीर लिम्बू वडाध्यक्षका उम्मेदवार छन् भने भद्रपुर ६ का लागि राजेशप्रसाद गुप्ता वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् । मौलिक जरोकिलो पार्टीले भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्