धुलाबारी , बैशाख १७ । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

धुलाबारी चोकमा शनिबार आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

मेचीनगरमा गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी नेतृत्वको साझा उम्मेद्वार चुनावी मैदानमा छन् । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेद्वार संयुक्त चुनावी मैदानमा छन् ।

जारी गरिएको प्रतिबद्धतापत्रमा निर्वाचनमा विजयी भएमा नगरको समग्र समृद्धिका निमित्त लागि पर्ने संकल्प गरिएको छ । प्रतिबद्धतापत्रमा नगरको समृद्धिमा गर्ने र नगर्ने कामलाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।

जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागत द्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत र साधनको दोहन नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभनमा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्