झापा , बैशाख १८ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ ।

एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो । प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यसरी पोस्ट/सेयर गरेर बीस लाखभन्दा बढी भ्युअर पुर्‍याउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् । ५० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ५० हजार , ३० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ । त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्ट/सेयर गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्