बिर्तामोड, बैशाख २० । पहिलो कोरोना संक्रमणको कडा लकडाउनले नगरवासीहरु भोकमरीमा पर्न थालिसकेका थिए । कामकाज , व्यापार व्यवसाय सबै बन्द हुँदा किनेर खाने अबस्था समेत थिएन । धेरैको चुल्हो निभिसकेको थियो । त्यस्तो संकटमा नगरका ५२ जना जनप्रतिनिधिमध्ये मसिहा बनेर भोजराज सिटौलाले नगरवासीलाई साथ दिएका थिए ।

खान नपाएकाहरुको भोक उनले टारेका थिए । त्यो कहालिलाग्दो बेलाको कुरा अहिले वर्णन गर्दा हुनेखानेका लागि हाँसोको विषय बन्न सक्ला तर,खान नपाएर छटपटाइरहेकाहरुले भोक टार्न पाउँदा पाएको राहतको त्यो अनुभूति कहिल्यै बिर्सने छैनन् ।
बिर्तामोड ३ का वडाध्यक्ष रहेका भोजराजले अगुवाइ गर्दै २०७७ बैशाख २६ गतेदेखि जेठ ७ गतेसम्म बिर्तामोड ३ को पाँच ठाउँमा सामूहिक खाना खुवाउने कार्यक्रम संचालन गरेका थिए । त्यहाँ ३० हजार बढीले खाना खाएर भोक टारेका थिए ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न त्यसबेला जारी लकडाउनले भोकमरीमा परेका विपन्नलाई लक्षित गरी बिर्तामोड ३ को पाँच स्थानमा निशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको थियो । बिर्तामोड— ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा संचालित कार्यक्रममा ७ हजार ६६४ घरधुरीका ३० हजार ४०२ जनाले खाना खाएका थिए ।
करेलाबारीमा सम्पन्न कार्यक्रममा ९८१ घरधुरीका ४ हजार ४९४ जनाले खाना खाएका थिए । बैशाख ३० गतेबाट संचालित कार्यक्रममा पहिलो दिन ७२ परिवारका ३३३, ३१ गते ९५ परिवारका ४३३, जेठ १ गते ९८ परिवारका ४५७, २ गते १०६ परिवारका ५०१, ३ गते १२६ परिवारका ५३०, ४ गते १२० परिवारका ५३९ ,५ गते ११३ परिवारका ५२८, ६ गते १२२ परिवारका ५६२ र ७ गते १२९ परिवारका ६११ जनाले खाना खाएको करेलाबारी टोल विकास संस्थाका सचिव अर्जुन राजवंशीले बताए । त्यस्तै चौसठ्ठी काली मन्दिरमा पनि कार्यक्रम संचालन गरिएको थियो । पहिलो दिन बैशाख २६ गते ५१ परिवारका २२९, बैशाख २७ गते ६७ परिवारका २६७, २८ गते ९३ परिवारका ४०९ , २९ गते १०३ परिवारका ४३६ , ३० गते ११७ परिवारका ४८५, ३१ गते ११९ परिवारका ४८९, जेठ १ गते १२३ परिवारका ५२१, २ गते १२२ परिवारका ५३०, ३ गते १३५ परिवारका ५९२, ४ गते १२१ परिवारका ५३७, ५ गते १२५ परिवारका ५७१, ६ गते १२२ परिवारका ५५५ र ७ गते १३५ परिवारका ६३१ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक सन्तोष उप्रेतीले बताए । त्यस्तै ९ दिनमा नयाँ समावेशी टोलमा १ हजार २५२ परिवारका ६ हजार १३१ जनाले खाना खाएको कार्यक्रम संयोजक अफरोज खानले जनाएका छन् । उनका अनुसार पहिलो दिन बैशाख २९ गते ९६ परिवारका ४२६, ३० गते ११२ परिवारका ५५६, ३१ गते १२१ परिवारका ६०७, जेठ १ गते १३९ परिवारका ७०७, २ गते १४७ परिवारका ७४५, ३ गते १५३ परिवारका ७६५, ४ गते १५६ परिवारका ७५०, ५ गते १६३ परिवारका ७८५ र अन्तिम दिन १६५ परिवारका ७९० जनाले खाना खाएका थिए ।

त्यसैगरी बिर्ताबजारमा १ हजार ८३ परिवारका ५ हजार ८४० जनाले खाना खाएका थिए । बैशाख २९ गते ५० परिवारका २६०, ३० गते ७५ परिवारका ४००, ३१ गते १०७ परिवारका ५६०, जेठ १ गते १४१ परिवारका ७२५, २ गते १३३ परिवारका ७१०, ३ गते १५० परिवारका ७७५, ४ गते १४० परिवारका ७९६, ५ गते १३९ परिवारका ८०७ र ६ गते १४८ परिवारका ८०७ जनाले खाना खाएको आयोजक समितिका बासुदेव माझीले बताए । त्यस्तै मेची आँखा अस्पताल अगाडि२ हजार ९१५ परिवारका ७ हजार ६८५ जनालाई खाना खुवाइएको थियो । पहिलो दिन बैशाख २१ गते १८० , २२ गते ३६०, २३ गते ४१०, २४ गते ४६०, २५ गते ३९०, २६ गते ४२५, २७ गते ४६०, २८ गते ४५०, २९ गते ५१०, ३० गते ५२०, ३१ गते ४८०,जेठ १ गते ५००, २ गते ६१०, ३ गते ५८०, ४ गते ६०५ र अन्तिम दिन जेठ ५ गते ७४५ जनालाई खाना खुवाएको कार्यक्रम संयोजक रामेश्वर मण्डलले बताए ।
पहिलो कोरोना संक्रमणमा २०७७ चैत ११ गतेदेखि शुरु भएको लकडाउनले माहौल सुनसान बनाएकोे थियो । कोरोना भाइरसको महामारीको डरले मानिसहरु घरभित्र लुकेर बसेका थिए । तर, बिर्तामोड नगरपालिका वडा नं ३ का निवर्तमान वडाध्यक्ष सिटौला अरु जनप्रतिनिधिजस्तो चुप लागेर घरभित्र बसेका थिएनन् । आफ्ना वडाका वडावासी र नगरवासीहरुको पिरमर्का बुझ्न घरघरमा पुगिरहे । सामूहिक खाना खुवाउने कामको अग्रसरता मात्र उनले गरेनन् , लकडाउन शुरु भएपछि कोरोना महामारीबाट वडाबासीलाई बचाउनका लागि उनी आफै माइकिङमा लागेका थिए । अभरमा परेका ब्यक्तिलाई गन्तब्यसम्म पुर्याइदिने, नाका बन्द भएको बेला काँकरभिट्टा पुगेर औषधी ल्याइदिने, ग्यास नहुने परिवारका लागि आफैले बोकेर ग्यास ल्याइदिनेजस्ता सहयोग गर्न समेत उनी पछि हटेनन् । ‘मैले लकडाउनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई इलामको फिक्कल , मोरङको आमतोला,दमकसम्म पुर्याएर सहयोग गरेको थिएँ ’ उनले संझदै भने, ‘आफ्नो मोटरसाइकलमा किरियापुत्री पनि बोकेको छु ।’नेपालका मात्र नभएर नेपालभित्र अलपत्र परेका भारतका नागरिकहरुलाई पनि उनले उद्धार गरेका थिए । आँखाको उपचार गराउन आउँदा अलपत्र परेका ६० भन्दा बढी भारतीयलाई सहयोग गरी भारत पठाएको उनले जनाए ।

वडाध्यक्षसँगै नेपाली कांग्रेस बिर्तामोड नगरसभापतिको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व उनीमा थियो । उनको नेतृत्वमा कार्यकर्ताहरुको सहयोगमा बिर्तामोड नगरपालिकाको राहत कोषमा पार्टीका तर्फबाट ३ लाख ५७ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । यसरी वडाबासी र नगरबासीका लागि मरिमेट्दा उनको लागि जोखिमसँगै कष्टपूर्ण पनि रह्यो । कोरोनाको महामारीमा जोखिम मोलेर रातदिन खटिँदा उनी र उनको परिवारले अनेकन समस्या र पिर खेप्नु पर्यो । भोजराजले २०३६ सालदेखि राजनीति थालेका हुन् । तीनपटक वडाध्यक्ष जितेका उनी खासगरी तल्लो तहका मानिसबीच लोकप्रिय मानिन्छन् । त्यही सुखदुखका साथी भोजराज यसपटकको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयरमा उठेका छन् ।



