झापा , बैशाख २१ । संखुवासभाको मादी मुलखर्क नगरपालिका-३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालककै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्