झापा, बैशाख २१ । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।

नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको छ । विमानस्थलमा रहेका एक अधिकारीहरुका अनुसार केहीबेरपछि यात्रुहरुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइनेछ । आज साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएका थिए । त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका थिए । अहिले विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएका छन् । अन्तर्राष्ट्रिय उडान भने नियमित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्