झापा , बैशाख २१ । अभियोग पुष्टि भई फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ५ का ४१ वर्षिय सुशान्त चौधरी भन्ने सुशान्त कर्मकार र बुद्धशान्ति ७ का ३३ वर्षिय अञ्जु तामाङ भन्ने अजय तामाङ रहेका छन् ।

झापा जिल्ला अदालतको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनरावेदन ईलामबाट भएको फैसला सर्बोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा विवरण पेश गरी नागरिकता लिन खोजेको मुद्धामा कर्मकार फरार रहेका थिए । अदालतले उनलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

त्यस्तै झापा जिल्ला अदालतको २०६८ माघ १५ गतेको फैसला बमोजिम डाका मुद्धामा फरार रहेका तामाङ बुधबार पक्राउ परेका छन् । उनलाई ६ बर्ष कैद र रु.३ हजार जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्