दमक, बैशाख २१ । आफ्नै गृहनगर दमकमा एमालेलाई पराजित गर्न विपक्षी पाँच दलले गठबन्धन गरेसंगै एमाले अध्यक्ष केपी ओलीको बेचैनी बढेको छ ।

फाइल फोटो

यसैक्रममा अध्यक्ष ओलीले बुधबार ईलाम जिल्लाको माङसेवुङ गाउँपालिकास्थित लारुम्बा पुगेर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसंग भेट गर्नु भएको छ । झापाका विभिन्न ४ स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न मंगलबार झापा आएका ओलीले बुधबार इलामको माङसेवुङ पुगेर धर्मगुरुलाई भेट गरेका हुन् ।

ओली उनका विश्वासपात्र मानिने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु लिएर लारुम्बा पुगेका थिए । लारुम्बामा ओलीले किरात धर्मगुरु आत्मानन्द लिङदेनको आशीर्वाद थापेका छन् । माङसेवुङस्थित लारुम्बा किरात धर्मको प्रमुख आस्थास्थल मानिन्छ ।

ओलीले गुरुमार्फत आफ्ना पार्टीका उम्मेद्वार जिताउनका लागि सहयोग मागेको गुरुआश्रम स्रोतले जनाएको छ । आधा घण्टा लामो भेटघाटका क्रममा अध्यक्ष ओलीले गुरु लिङ्देनसंग स्थानीय निर्वाचनका विषयमा भलाकुसारी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्