बिर्तामोड, बैशाख २२ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनले बिर्तामोडमा चुनावी अभियानलाई तीब्र बनाएको छ ।

गठबन्धनले मतदातासंग भेटेर मत माग्न घरदैलो अभियानलाई तीब्र बनाएको हो ।
बिर्तामोडका सबै वडामा वडा प्रचारप्रसार समितिमार्फत घरदैलो अभियानलाई तीब्रता दिएको गठबन्धनले नगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।
बिहीबार गठबन्धनका नेताहरुले वडा नम्बर १० का उम्मेदवारसहित घरदैलो गरेका छन् । करिब १५० जना संलग्न रहेको प्रचारप्रसारको टोलीले वडाको सापडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाँडा, शिवालय चोक, तोरीबारी, सैनिकबजारलगायतका स्थानका मतदातालाई घरदैलोमै भेटेर मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्