झापा , वैशाख २३ । ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन् ।

फक्ताङ्लुङ गाउँपालिका- ६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आईतराज लिम्बूले बिहीबार साँझ हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराजका बुबा बृखबहादुर लिम्बू र आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए । स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन् । घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा खबर गरेका थिए । आइतराज भेडाको गोठमा बस्ने गर्थे । एकसाता अघिमात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्