झापा, वैशाख २३ । झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो राति १० बजे सडक छेउमा रोकिराखेको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा-६ का ३१ बर्षीय हर्कबहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्