झापा, वैशाख २३ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुँदा १ जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्