भद्रपुर, बैशाख २३ । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापा नेतृत्वको टोली झापा आइपुगेको छ ।

झापा सदरमुकाम भद्रपुर आइपुगेकी थापाले स्थानीय निर्वाचनका बेला मानव अधिकारको उल्लंघनको अवस्था तथा निर्वाचन आचारसंहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासित अन्र्तक्रिया समेत गरेकी छिन् ।

थापाले निष्पक्ष निर्वाचनका लागि प्रचलित नियम कानुनको पालनाको अवस्था, खुल्ला सिमानाबाट सिर्जना हुन सक्ने परिस्थितिको आँकलन, महिला, बालबालिका, जेष्ठ नागरिक, असक्त अपाङ्गता भएका व्यक्तिका लागि सहज वातावरण भए–नभएकोलगायतका विषयमा केन्द्रित भएर अनुगमनलाई अगाडि बढाइरहेको जानकारी दिइन् ।

आयोगकी उपसचिव मञ्जु खतिवडासहित प्रदेश १ को अनुगमनमा निस्किएकी थापाले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आगोगलाई सचेत पार्ने तथा आवश्यक नियम कानुन परिमार्जन गर्नु पर्ने भए सुझाव दिने जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्