बिर्तामोड, बैशाख २५ । बिएण्डसी हस्पिटलका संचालक एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले साङ्लोमा बाँधिएका हल्दिबारीका अर्का युवकको १० वर्षपछि उद्धार गरेका छन् ।

हल्दिबारी १ गोलधापका २८ वर्षीय केशव बस्नेतको आइतबार घरमै गएर उनले उद्धार गरेका हुन् ।

प्रसाईंले केही महिनाअघि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गर्दै बिएण्डसी अस्पतालमा निःशुल्क उपचार गरेका थिए । गोलधाप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँ हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्