झापा , बैशाख २६ । झापामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलका उम्मेदवारविरुद्ध ८ वटा उजुरी परेको छ ।

एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको हो । इमेलबाट एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दमक क्षेत्रमा बिजुलीको पोलमा पार्टीको झन्डा टांग्नेलगायतका आचारसंहिताविपरित कार्य गर्ने दलका उम्मेदवारविरुद्ध उजुरी परेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । उनले उजुरी परेपछि आचारसंहिता अनुगमन समितिको बैठक राखेर पोलमा टांगिएका झन्डा प्रहरीद्वारा निकाल्न लगाइएको जानकारी दिए । दलका उम्मेदवारविरुद्ध उजुरी परेपनि जिल्लाका कुनै पनि संचारमाध्यम र संचारकर्मीविरुद्ध उजुरी नपरेको उनले जानकारी दिए ।

झापामा सोमबारदेखि निर्वाचनका लागि आबश्यक सामग्री मतदानस्थलमा पु¥याउन थालिएको छ । सोमबार माईपश्चिमका पालिका र मेचीनगर नगरपालिकामा मतपत्रसहितका सामग्री पु¥याइएको छ । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् ।

१० प्रतिशत जगेडासहित करिव ७ लाख मतपत्र झापा ल्याइएको छ । जिल्लामा २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न गर्न ४ हजार ३०९ जना कर्मचारी खटाइएको नेपालले जानकारी दिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्