बिर्तामोड, बैशाख २७ । बिर्तामोड ३ स्थित विराटपोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

विराटपोखरी नजिकै रहेको सुकुम्बासी बस्तीमा मावल आएकी रिना राजवंशीकी ३ वर्षिया छोरी आश्मा राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा ती बालिका पोखरीमा पुगेकी थिइन् । खोजी गर्दै जाँदा पोखरीमा बालिका तैरिरहेको आमाले देखेपछि उपचारका लागि बिएण्डसी हस्पिटल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्