झापा, बैशाख २७ । यहि बैशाख ३० गते हुन गईरहेको निर्वाचनलाई निष्पक्ष , स्वतन्त्र , स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन नेपाल बार एशोसिएसन झापाले सरोकारवाला सबैसंग अपिल गरेको छ ।

एशोसिएसन अध्यक्ष हरि अधिकारी र एशोसिएसन आबद्ध सार्वजनिक सरोकार समिति संयोजक बसन्त नेपालद्वारा मंगलवार हस्ताक्षरित विज्ञप्तिमार्फत संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सम्पन्न हुन लागेको निर्वाचनमा आम मतदाताले भाग लिने हँुदा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको हो । सरोकारवाला निकाय नेपाल सरकार , राजनीतिक दल, उम्मेदवार लगायत सरोकारवाला सबैमा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको छ । स्थानीय सरकार जति मजबुत हुन सक्छ त्यति नै लोकतन्त्र संस्थागत हुँदै जाने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नागरिकको संविधान र कानून प्रदत अधिकारको कार्यान्वयनले मात्र जनताको समृद्धि संभव हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्