भद्रपुर, बैशाख २७ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले संयुक्त नेतृत्व गरिरहेको गठबन्धनको भद्रपुर नगर निर्वाचन समितिले आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत औपचारिक प्रचारप्रसारको कार्यक्रम सम्पन्न गरेको छ ।

निर्वाचन परिचालन समितिले नगरका १० वटै वडामा रहेका टोलटोलमार्फत मतदाता भेटघाटका लागि सञ्चालन गरिरहेको घरदैलोअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई औपचारिक रूपमा समापन गर्दै रणनीतिक कार्यलाई तिव्रता दिएको हो ।

समितिले हरेक वडामा पछिल्लो चुनावी प्रचारलाई रणनीतिक रूपमा सफल बनाउन हरेक मतदान केन्द्र र मतदानस्थल सुरक्षाका लागि बुथ समिति मातहतमा रहेका मतदान प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।

निर्वाचन परिचालन समितिले बैशाख १३ देखि २७ गतेसम्म भद्रपुर नगरका १० वटा वडाहरुमा मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई सञ्चालन गरेको थियो भने २० गतेबाट मतदाता शिक्षा स्वयम्सेवकहरू परिचालन गरेर गठबन्धनको विजयका लागि मतदातासमक्ष नगरका विभिन्न टोल समितिबाट नगर निर्वाचनमा सशक्त भूमिका निर्वाह गर्न प्रशिक्षण प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्