झापा , वैशाख २८ । इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माईखोलाबाट इलामतर्फ आउँदै गरेको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो । मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका-४ घर भई इलाम नगरपालिका-९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नम्वरको मोटर साइकलले ना ४ ख ५६६९ नम्बरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडीको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्