झापा, बैशाख २८ । मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन्।

भाँडाकुँडा, प्लाष्टिकको कुर्सी र टेबल लोड गरेको मे १ त २०८७ नम्बरको ट्याक्टर बुधबार दिउँसो भद्रपुर नगरपालिका–७ स्थित बुधकरण चियाबगानको क्वाटरतर्फ गएको थियो।

बगानमा मजदुरी गरी बस्ने सन्थाल समुदायका मतदातालाई बाँड्न ती सामग्री ट्याक्टरमा हालेर लगेको स्थानीय बासिन्दाले दावी गरेका छन् । स्थानीयले सामग्री बाँड्नुअघि नै ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि सामान्य विवाद भएपछि प्रहरी गएको थियो ।

ती सामग्री मतदातालाई बाँड्न ल्याएको भन्ने स्थानीयको दावी पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । उनले ती सामग्री त्यतिकै छोडिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्