झापा , वैशाख २९ । कटारी नगरपालिका-८ टोड्केपानीको खरबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कटारी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ६८ वर्षीय गंगामाया खत्रीको मृत्यु भएको हो । घाँसको भारी बोकेर साँझ फर्किने क्रममा नजिकैको पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो । कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीलाई करेन्ट लागेको बताए । शाखाले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्