भद्रपुर, बैशाख २९ । २०२ औं विश्व नर्सिङ दिवसको अवसर पारेर भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलले उत्कृष्ट नर्स सम्मान गरेको छ ।

नर्सिङ विभागकी प्रमुख निशा पाठकको अध्यक्षता तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष दिपककुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि नर्सिङ सेवामा कार्यरत निर्मला बाँस्कोटालाई कदरपत्र ,नगद ५००० र दोसल्लासहित उत्कृष्ट नर्स २०७८ बाट सम्मान गरिएको थियो ।

अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा अस्पतालका अध्यक्ष दिपक पोखरेल, निर्देशक बालकुमार पोखरेललगायत नर्सहरूको टोलीले अस्पतालभित्र रहेका विरामीहरूलाई फलफूल तथा जुस वितरण गरेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासकीय प्रमुख दिपकुमार पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्