झापा, बैशाख ३० । बदमासी गर्ने मतदान अधिकृतलाई कारबाही गरी अर्को मतदान अधिकृत नियुक्त गर्नुपर्दा झापाको कमल ६ स्थित बाणी मावि मतदान केन्द्रमा ढिलोगरी मतदान शुरु भएको छ ।

निर्धारित समयभन्दा १० मिनेट ढिलो मतदान शुरु भएको हो । पहिला नियुक्त मतदान अधिकृत शैलेन्द्र कर्णलाई हटाएर अर्को मतदान अधिकृत नियुक्त गर्नुपर्दा थोरै ढिलो भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए । यसअघि नियुक्त मतदान अधिकृत कर्णलाई कार्वाही गरिएको हो । उनले एमालेका वडाध्यक्षका उम्मेदवार कर्ण भट्टराईलाई ८६ थान मतदाता परिचयपत्र दिएर पठाएका थिए । जिल्लाका ७५५ वटै मतदान केन्द्रमा मतदान जारी छ । जलमग्न भएको राजगढको एउटा मतदान केन्द्रमा पानीको निकास गरी मतदान समयमै शुरु गरिएको नेपालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्