बिर्तामोड, बैशाख ३० । बिर्तामोडमा करिब ७१ प्रतिशत मत खसेको छ ।

बिर्तामोडमा ४० हजार ९ सय ६५ मत खसेको जनाइएको छ । जुन ७१ प्रतिशत भन्दा बढी हो । बिर्तामोडमा २८,५२६ पुरुष, २८,८८१ महिला र २ अन्य जना मतदाता रहेका छन् । उनीहरुको लागि १८ वटा मतदानस्थलमा ६४ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । ती मतदान केन्द्रहरुबाट मत पेटिका ल्याउने क्रम जारी रहेको छ ।

बिर्तामोड १० का मतदान केन्द्रहरुको मतपेटिका मात्र ल्याउन बाँकी रहेको र सबै मतपेटिका ल्याइसकेपछि मतगणना कहिलेदेखि गर्ने भन्ने विषयमा निर्णय गर्न सर्वदलीय बैठक राखिने भएको छ । बिर्तामोड ४ स्थित पुरानो बिजुली अफिस मतदान केन्द्रमा केहीबेर स्थगित मतदान सुचारु गरिएको र त्यहाँको मतपेटिका पनि गणनास्थल नगरपालिका सभाहलमा ल्याई पुर्याइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्