बिर्तामोड , बैशाख ३१ । निर्धारित समयमै मतदान सम्पन्न भएपनि झापाका सबै पालिकाहरुमा मतगणना शुरु हुन सकिरहेको छैन ।

बिहान २ बजेसम्म जिल्लाको कचनकवल, भद्रपुर ,हल्दिवारी , बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको थियो । अन्य पालिकाले मतगणनाको तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिर्तामोडमा बिहान ५ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय सहमति भएकोमा पार्टी प्रतिनिधिहरु भेला हुने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । झापामा हिजो २ लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कूल ४ लाख ५५ हजार ४७६ जनाले मतदान गरेका थिए । जुन ७०.४८ प्रतिशत हो । जिल्लामा जम्मा ६ लाख ४६ हजार २३४ मतदाता रहेका छन् ।

खसेको मत

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्