झापा , बैशाख ३१ । झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले अग्रता बढाउँदै लगेका छन् ।
माओवादी केन्द्र र नेकपा समाजवादीको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थापाले कूल १५५९ मत गन्दा ६८६ मत ल्याएका छन् । उनले दोस्रो स्थानमा रहेका एमालेका राजेन्द्रकुमार पोखरेलभन्दा २४९ बढी मतको अग्रता लिएका हुन् । पोखरेलले ४३७ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले १७० मत ल्याएका छन् । राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ६० मत ल्याउँदा मेयरमै तराजु चिन्हका साझा विवेकशील पार्टीका भीम अधिकारीले एक मत ल्याएर खाता खोलेका छन् ।
यता उपमेयरमा भने एमालेकी मन्जु प्रसाईले ५५८ मत ल्याएर अग्रता बनाउँदा काग्रेसकी आशा शर्मा शिवाकोटीले ४३६ मत ल्याएर पछ्याई रहेकी छन् । यसैगरी राप्रपाकी सचित्रा खनालले ११० मत ल्याएकी छन् ।