भद्रपुर , बैशाख ३१ । भद्रपुर नगरपालिका वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको हो । वडा अध्यक्षमा एमालेका रामप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
उनी ९३७ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् । सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्