इलाम,जेठ १ । इलाममा मतगणनाको अन्तिम परिणाम आउन थालेको छ । विभिन्न वडाहरुमा दलहरुले प्यानलै जितेका छन् ।

रोङ गाउँपालिका वडा नं १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका मनोज खड्कालाई १२२ मतले पराजित गरी कांग्रेसका मनोहरि खड्का विजयी बनेका हुन् । मनोहरिले ६१० र मनोजले ४८८ मत पाएका छन् । त्यस वडामा कांग्रेसले दलित महिला सदस्यबाहेक अरु पद जितेको हो ।
त्यस्तै सूर्योदय नगरपालिकामा २ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको छ । नेकपा एमाले र नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका राजकुमार सेरेङको प्यानल नै विजयी भएको हो ।
त्यस्तै इलाम नगरपालिकामा २ मा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली काग्रेसका उम्मेदवारलाई पराजित गर्दै इलाम नगरपालिका वडा नं २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार गिरिराज रिजालसहित सिंगो प्यानल नै विजयी भएको हो ।
त्यस्तै देउमाई नगरपालिका वडा १ मा नेकपा एमालेका मिनराज श्रेष्ठको प्यानल विजयी भएको छ ।
त्यस्तै इलाम नगरपालिका १२ मा लोकतान्त्रिक गठबन्धनको उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिङ्दमसहितको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा लिङ्दमले १००२ मत ल्याउँदा उनका एमालेका प्रतिष्पर्धीले ९२० मत पाएका छन् ।
त्यस्तै माङ्सेबुङ १ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा भुपाल लिम्बू निर्वाचित भएका छन् । दलित सदस्यमा सिर्जना मग्रान्ती माओवादी केन्द्र ,खुल्ला महिला सदस्यमा सरिता लुहागुन नेकपा एमाले,खुल्ला सदस्य रोचक लिम्बू जनता समाजवादी पार्टी, खुल्ला सदस्य ठाकुर श्रेष्ठ नेपाली काग्रेस निर्वाचित भएका छन् ।
त्यस्तै इलामको माङसेबुङ गाउँपालिका–६ मा नेकपा एमालेले प्यानल जितेको छ । वडाध्यक्ष प्रदिप साङ्पाङसहित सबै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । उनले ८३० मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिवनकुमार राईले ३२४ मात्र प्राप्त गरे ।
महिला सदस्यमा ६९६ मतका साथ पुनम सम्वाहाम्फे निर्वाचित भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी कविता राईले ३८० मत प्राप्त गरिन् । सदस्यमा खगेन्द्र खड्का र दिवस राई निर्वाचित भए । उनीहरुले क्रमशः ६६६ र ७४० मत प्राप्त गरे ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशिस राई र गोविन्द खड्काले क्रमशः ३८८ र ३२१ मत प्राप्त गरे । दलित महिला सदस्य धनकुमारी विश्वकर्मा यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।