झापा , जेठ १ । झापा गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका माधव पोखरेललाई १८४ मतले पराजित गरी कांग्रेसका राजकुमार यादव दोस्रो कार्यकालका लागि वडाध्यक्ष बनेका हुन् । यादवले ८१७ र पोखरेलले ६३३ मत पाएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा रुपलाल गणेश ७६३, राम लिम्बू ८९२, महिला सदस्यमा अस्मेरु खातुन ८४६ र दलित महिला सदस्यमा हरिमाया विक ६६८ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्