झापा , जेठ १ । झापाको कचनकवल गाउँपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा एमालेका लेखनाथ खत्री बिजयी भएका छन् ।

खत्रीले राप्रपाका उम्मेदवार हरिनारायण चौहानलाई ९५ मतान्तरले पराजित गरेका हुन् । खत्रीले ७८० र चौहानले ६८५ मत ल्याएका छन् । काँग्रेसका सुरजकुमार भट्टराईले ६३१ मत ल्याए ।
त्यस्तै वडा सदस्यतर्फ एमालेका गणेश भण्डारी ६९५ र मनमाया चौहान ७४९ निर्वाचित भएका छन् । वडा सदस्यतर्फ काँग्रेसका धनबहादुर गुरुङ ७१७ र दलित सदस्यतर्फ राप्रपाका अमृता बोगटी गन्धर्व ७३३ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्